सुदूरपश्चिमसहित यी प्रदेशका पहाडी भू–भागमा आज आंशिक बदली हुँने

  बिहिबार १९, पुष २०८० ०६:२०

धनगढ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै राति कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

clock बिहिबार १९, पुष २०८० ०६:२०

प्रतिक्रिया