यूएईमा दुर्घटनामा परेर बैतडीका युवकको मृत्यु

  बुधबार १८, पुष २०८० २०:५०

बैतडी । संयुक्त अरब इमिरेट्स (यूएई) मा सवारी दुर्घटनामा परेर बैतडीका एक युवकको मृत्यु भएको छ ।

रोजगारीको शिलशिलामा एक महिनाअघि संयुक्त अरब इमिरेट्स पुगेका जगदीश महराको मृत्यु भएको हो । 

पुर्चौडी नगरपालिका–१० बिजयपुर महरा गाउँका २३ वर्षीय महराको गाडीको ठक्करबाट मृत्यु भएको आफन्तले बताएका छन् ।

आइतबार उनलाई गाडीले ठक्कर दिएको थियो। गाडीको ठक्करबाट गम्भीर घाइते महराको उपचारको क्रममा मृत्यु भएको स्थानीय भानबहादुर महराले बताए ।

 

clock बुधबार १८, पुष २०८० २०:५०

प्रतिक्रिया