सुदुरपश्चिम प्रादेशिक महोत्सवको तयारी तिब्र

  बुधबार १८, पुष २०८० २०:२२

अत्तरिया । कैलालीको अत्तरियामा लाग्ने सुदुरपश्चिम प्रादेशिक महोत्सवको तयारी तिब्र पारिएको छ । पुष २६ गते देखि माघ ७ गते सम्म लाग्ने महोत्सवको तयारी तिब्र पारिएको हो ।

संघका महासचिब शंकर खड्काले स्टल बुकिङ, महोत्सब स्थलको मन्च देखी अन्य भौतिक संरचना निर्माणको कार्य भईरहेको बताए । उनका अनुसार कलाकार छनौटको कार्य पनि अन्तिम चरणमा पुगेको छ ।

यस्तै महोत्सबको लागी प्रचार प्रसार को कार्य पनि शुरु गरिएको छ । संघले महोत्सब तयारीको लागी उपसमिती गठन गरेर कार्य गरिरहेको छ । संघका कोषाध्यक्ष हेम भण्डारीले यो बर्ष महोत्सबमा स्टल बुकिङको कार्य उत्साहजनक रहेको बताए ।

'यो पटक लगभग स्टल भरीभराउ हुन्छन सबैको सहयोग रहेको छ । महोत्सब सफल पार्न मुख्य प्रायोजन देखी अन्य प्रायोजकहरुको पनि निश्चित गर्ने कार्य भईरहेको छ । यो पट्क थारु गाउँलाई पनि नयाँ सजावटको साथ राखेका छौ । यो कार्यमा स्थानिय ब्यबसायीहरुको पनि ठुलो साथ रहेको छ,' भण्डारीले भने ।

संघले यो पटक स्थानिय सबै कलाकारलाई समेटने योजना समेत बनाएको छ । संघले महोत्सब उदघाटनको लागी प्रमुख अतिथीको टुंगो लगाउन छलफल भईरहेको बताएको छ ।       

महोत्सब बिगतका बर्ष झै अत्तरिया पुर्बरोडमा रहेको लामिताल मा लाग्ने छ । महोत्सवमा कृषि प्रदर्शनी, बिधालय स्तरिय प्रतियोगिता , स्थानीय परिकार, रमाइलो मेला , स्थानीय कला संस्कृति को प्रस्तुति र कलाकारहरु को सांगीतिक प्रस्तुति रहने आयोजक ले बताएको छ । 

clock बुधबार १८, पुष २०८० २०:२२

प्रतिक्रिया