गोदावरीमा लाग्ने मकर मेलाको तयारी शुरु

  बुधबार १८, पुष २०८० २०:१९

अत्तरिया । कैलालीको गोदावरीमा माघी स्नानको लागि तयारी थालिएको छ ।

गोदावरी धाम बिकास समितिले नगरपालिकाको सहयोगमा बाटो निर्माण देखि स्नान कुन्ड निर्माण सम्मको संरचना बनाउन थालेको छ ।

यो बर्षको बर्षातमा आएको बाढीले गोदावरी तहसनहस बनेको थियो ।

माघि स्नानको लागि ठुलो संख्यामा भक्तजन आउने भएकाले त्यसको तयारीको लागि शिव मन्दिर जाने बाटो निर्माण, कुम्भ बाटिका  क्षेत्रको ग्राउन्ड सम्याउने कार्य हुन थालेको समितिले जनाएको छ ।

हरेक बर्ष गोदावरीमा माघी स्नानको लागि बाह्र राषी मकर मेला लाग्दै आएको छ । 

clock बुधबार १८, पुष २०८० २०:१९

प्रतिक्रिया