धनगढीमा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक

  बुधबार १८, पुष २०८० ०६:१५

धनगढी । कैलालीको धनगढीमा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ। उपमहानगरपालिकाले आगामी माघदेखि नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको हो।

धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले सूचना जारी गर्दैै माघ १ गतेदेखि नगर क्षेत्रमा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइने उल्लेख गरेका छन्।

धनगढी उपमहानगरपालिकाको स्वास्थ्य सेवा ऐन, २०७७ को दफा ३० ९१० ‘सुर्ती तथा मदिराजन्य पदार्थ विकी वितरणको लागि उप–महानगरपालिकाबाट छट्टै अनुमति लिनु पर्ने’ र सोही ऐनको दफा ३० ९२० ‘खाद्य पदार्थ विकी गर्ने पसलमा सुर्ती तथा मदिराजन्य पदार्थ विकी वितरण गर्न बन्देज लगाईनेछ’ भनि उल्लेख गरिएको जारी सूचनामा भनिएको छ ।

उक्त सूचनामा माघ १ गतेदेखि चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा,  कक्कड, कच्चा सुर्ती, खैनी, गुट्का, सुर्ती वा यस्तै प्रकारका अन्य सुर्तीजन्य पदार्थ विकी वितरण नगर्न नगराउन भनि उल्लेख गरिएको छ।

‘२०८० साल माघ १ गते देखि चुरोट, बिँडी, सिगार, तमाखु, तु, सुल्फा, सुल्फा, कक्कड, कक्कड, क कच्चा सुर्ती, खैनी, गुट्का, सुर्ती वा यस्तै प्रकारका अन्य सुर्तीजन्य पदार्थ विकी वितरण नगर्न नगराउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ जारी सूचनामा भनिएको छ, ‘विक्री वितरण गरेको पाईएमा कानुन बमोजिम कारबाही गरिने छ।’

May be an image of text

clock बुधबार १८, पुष २०८० ०६:१५

प्रतिक्रिया