कञ्चनपुरका क्यारिङ्कर्ताहरु रोजगारी खोसिएको भन्दै आन्दोलित

  मङ्गलबार १७, पुष २०८० ०७:००

कञ्चनपुर। कञ्चनपुरका क्यारिङ्कर्ताहरु रोजगारी खोसिएको भन्दै गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर विरुद्ध आन्दोलन भएका छन । भन्सार कार्यालयले भारतबाट साइकलमा क्यारिङ गरि ल्याउने समानको भन्सार काट्न छोडेपछि क्यारिङ गरि दिनचर्या चलाइरहेका करिब ४ सय जना आन्दोलित भएका हुन ।

सोमबार जिल्लामा सकृय क्यारिङ्कर्ताहरुले भन्सार कार्यालय र सरकार विरुद्ध नारा लगाउदै साइकलमा महेन्द्रनगर बजार परिक्रमा गरेका छन । ३० वर्षदेखि भन्सार काटी समान ल्याउने गरेकोमा भन्सार कार्यालयले पछिल्लो ३ महिनादेखि भन्सार काट्न छाडेपछि क्यारिङ्कर्ता सडकमा उत्रिन बाध्य भएको आन्दोलनमा सहभागी नन्दा पहरीले बताइन ।

‘भन्सार काटी समान ल्याउन लागेको वर्षौ भयो । एकासी भन्सार कार्यालयले भन्सार काट्न छाडेपछि हामीलाई अप्ठ्यारो भयो’ पहरीले भनिन ‘गरिब, एकल महिलाले काम गर्दै घर चलाइरहेका थिए । भन्सार काट्न छाडेपछि क्यारिङ गरि घर खर्च चलाउने काम सरकारले खोस्यो ।’

रोजगारी खोसिएको भन्दै सयौँ सडकमा उत्रिएका क्यारिङ्कर्ताहरुले आफूहरूको लडाइ सरकार सँग रहेकोले आन्दोलनलाई थप सशक्त बनाउँदै लैजाने बताएका छन । आफूहरूले सम्बन्धित सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाउँदा समेत मागको सुनुवाइ नभएको क्यारिङ्कर्ताको दुखेसो छ । 

गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरका प्रमुख भन्सार अधिकृत राजन बाबु काफ्लेले भने साइकल क्यारिङ गर्नेहरूको भन्सार नकाट्ने कानुनी प्रावधान रहेकोले भन्सार नकाटिएको बताए ।

clock मङ्गलबार १७, पुष २०८० ०७:००

प्रतिक्रिया