आउँदो वर्ष दशैँतिहार डेढ हप्ता छिटो हुने

  सोमबार १६, पुष २०८० ०९:३३

काठमाडौं । आउँदो वर्ष २०८१ सालको दसैँ डेढ हप्ता छिटो हुने भएको छ। यो वर्षको दसैँ कातिकमा परेको थियो भने आउँदो वर्षको असोजमै सकिने छ। तिहार पनि करिब डेढ हप्ता छिटो हुनेछ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार गरेको २०८१ सालको घटस्थापना असोज १७ गते परेको छ। २४ गते फूलपाती र २५ गते शुक्रबार अष्टमी र नवमी एकैदिन परेको छ। समितिले पात्रो तयार गर्न बसेको बैठकले गरेको निर्णय सार्वजनिक भएको छैन।

विजया दशमी २६ गते परेको छ। असोज ३० गते कोजाग्रत र कातिक १ गते पूर्णिमा परेको छ। विकास समितिले गरेको निर्णयअनुसार कातिक १२ गतेबाट तिहार शुरू हुनेछ।

१२ गते धनतेरस, १४ गते कागतिहार, १५ गते बिहीबार कुकुर तिहार र लक्ष्मीपूजा, १६ गते शुक्रवार औशी परेको छ। विसं २०८१ मा पनि कुकुरतिहार र लक्ष्मीपूजा एकैदिन परेको छ। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ।

clock सोमबार १६, पुष २०८० ०९:३३

प्रतिक्रिया