उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

  सोमबार १६, पुष २०८० ०७:५१

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भू–भागमा आंशिक बदली रही र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

तराईका भू-भागमा बिहानीपख हुस्सुरकुहिरोको कारण हुन सक्ने चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

clock सोमबार १६, पुष २०८० ०७:५१

प्रतिक्रिया