मौसम पूर्वानुमान : तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात

  आइतबार १५, पुष २०८० ०६:५१

काठमाडौँ । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले हाल देशका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्यत्रको मौसम सामान्यतया सफा रहेको छ ।

साथै तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ  । 

देशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

गण्डकी र कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

clock आइतबार १५, पुष २०८० ०६:५१

प्रतिक्रिया