धनगढीको सौँराइ स्क्वायरमा पुस १५ साँझ आयोजना हुँदै

  शनिबार १४, पुष २०८० १९:४५

धनगढी । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा धनगढीमा ‘न्यु इयर इभ २०२४’ इनडोर (हलभित्र) आयोजना हुने भएको छ। धनगढीस्थित शहीद गेटमा रहेको सौँराइ स्क्वायरको आयोजनामा न्यु इयर इभ हुने भएको हो।

जाडो मौसमलाई मध्यनजर गर्दै हलभित्र न्यु इभ इयरको आयोजना गरिएको सौँराइ स्क्वायरका सञ्चालक उमेश विक्रम शाहले जानकारी दिए। उनले भने, ‘बाहिर कार्यक्रम गर्दा तराईमा सित लहर पर्ने सम्भावना छ। सित लहर र जाडोबाट बच्नका लागि हामी हलभित्र कार्यक्रम आयोजना गरेका हौँ।’

उक्त कार्यक्रम सौँराइ स्क्वायरमा ३१ डिसेम्बर अर्थात् पुस १५ गते साँझ ७ बजेदेखि राति १२ बजेसम्म आयोजना हुने जनाइएको छ।

कार्यक्रममा काठमाडौँबाट चर्चित डिजे श्रेया, चर्चित डान्सर मोडेल सदिच्छा चौधरी, सुशीला कार्की, कोपिला सिंह, नेहेल्जा चौधरी, गायक सनम परियार, किरन नेपाली साथमा नाइन एक्स डान्स एकेडेमी लगायतको प्रस्तुति रहनेछ।

कार्यक्रममा प्रवेश शुल्क पाँच सय र तीन सय तोकिएको छ।पाँच सयको टिकट काट्नेलाई एउटा बियर सित्तैमा दिइने आयोजकले जनाएको छ।

कार्यक्रमको मुख्य प्रायोजकमा टुबोर्ग बियर, सह- प्रायोजकमा द हिमालयन रिजर्भ, सेतो बाग भोड्का, वल्ड मोंक रम रहेका छन्। इन्टरनेट पार्टनरमा वर्ड लिङ्क र मिडिया पार्टनरमा नयाँ सन्देश रहेको छ । 

clock शनिबार १४, पुष २०८० १९:४५

प्रतिक्रिया