कञ्चनपुरको एक लघुवित्तमा तालाबन्दी

  आइतबार ०५, चैत २०७९ १६:०१

कञ्चनपुर । कञ्चनपुरको एक लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालयमा तालाबन्दी गरिएको छ। जिल्लाको सुडामा रहेको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यालयमा तालाबन्दी गरिएको हो।

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले बिभिन्न ५ कारण देखाउँदै आज सो वित्तीय संस्थामा तालाबन्दी गरेको छ। लघुवित्तले उपभोक्ताबाट चर्को ब्याज असुली गरिरहेको र आफ्नो पार्टीले ५ प्रतिशत ब्याज लिनुपर्ने अडान राखेको सो पार्टीले बताएको छ।

संस्थाले किस्ता असुल उपर गर्दा ऋणिहरुसित जबरजस्ती र दुव्र्यबहार गरेको पाइएको बहुमतको आरोप छ। बिभिन्न प्रलोभन (स्किम) दिएर उपभोक्तालाई ठग्ने र दुःख दिने गरिएको र बचत बुक संस्थामा राखेर आयव्यय पारदर्शी नगरेको गुनासो उपभोक्ताबाट आएको बहुमतले जनाएको छ।

clock आइतबार ०५, चैत २०७९ १६:०१

प्रतिक्रिया