शिवपुरी धाममा कैलाली मोडेलका विद्यार्थीबाट सरसफाइ

  शनिबार १४, पुष २०८० १८:३७

धनगढी । “हाम्रो धनगढी हामी बनाउँछौँ“ अभियानमा साथ दिन कैलाली मोडेल माध्यमिक विद्यालयका खेलाडी विद्यार्थीले शिवपुरी धाममा सरसफाइ गरेका छन्। शनिवार विद्यालयका तेक्वान्दो खेलाडी विद्यार्थीहरूले शिवपुरीमा सरसफाइ गरेका हुन्।

 कैलाली मोडेल माध्यमिक विद्यालयले मार्सल आर्ट तेक्वान्दो खेल्न इन्छुक विद्यार्थीलाई निःशुल्क तेक्वान्दो प्रशिक्षण सुरु गरेको दिनको अवसरमा  शिवपुरीमा सरसफाइ गरिएको कैलाली मोडेल तेक्वान्दो डोजाङका प्रशिक्षक पृथ्वीराज घिमिरेले बताए।

clock शनिबार १४, पुष २०८० १८:३७

प्रतिक्रिया