भारतको पलियामा नेपाली महिलामाथि लुटपाट

  शनिबार १४, पुष २०८० ११:४८

धनगढी । भारतको पलियामा नेपाली महिलामाथि लुटपाट भएको छ। भारतको बैंलोरबाट नेपाल आउने क्रममा बाँकेको खजुरा गाउँपालिकाकी २२ वर्षीया सजना सुनाइमाथि लुटपाट भएको हो।

सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार उनी माथि शुक्रवार बिहान ९ बजे पलियामा लुटपाट भएको थियो। 

सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानून मन्त्रालय मातहतको त्रिनगर सहायता कक्षले उनको उद्धार गरेको छ। 

उनलाई बाँकेसम्म जाने रकम सहायता कक्षले सहयोग गरेको हो।

clock शनिबार १४, पुष २०८० ११:४८

प्रतिक्रिया