बैतडीमा भीरबाट लडेर एक महिला गम्भीर घाइते

  शनिबार १४, पुष २०८० १०:५३

बैतडी । बैतडीमा भीरबाट लडेर एक महिला गम्भीर घाइते भएकी छन्। जिल्लाको मेलौली नगरपालिका-३ बागकोटकी ६५ वर्षीया सुर्मा चन्द शुक्रबार दिउँसो घर नजिकै रहेको जंगलमा बाख्रा चराउन गएका बेला भीरबाट लडेकी हुन्।

दिउँसो १२ बजेतिर भीरबाट लडेकी उनी अन्दाजी ५० मिटर तल खस्दा मुख र कम्मरमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए। 

घाइते चन्दको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक केसीले बताए। 

clock शनिबार १४, पुष २०८० १०:५३

प्रतिक्रिया