कस्तो रहनेछ आजको मौसम ?

  शनिबार १४, पुष २०८० ०६:१०

काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको तराईका भू–भागमा आंशिक बदली रही  बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।  

कोशी, बागमती र गण्डकी  प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बिहानको समयमा देशका पश्चिम तराईका केही स्थानहरूमा लागेको हुस्सु–कुहिरो अपराह्नसम्ममा तथा पूर्व र मध्य तराईका एक/दुई स्थानमा  लागेको हुस्सु मध्यान्नसम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको र सोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेको छ।

त्यस्तै आइतबार देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकी भू–भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनान महाशाखाको अनुरोध छ।

clock शनिबार १४, पुष २०८० ०६:१०

प्रतिक्रिया