प्रहरीको गोली लागेर चौरपाटीका युवकको मृत्यु

  शुक्रबार १३, पुष २०८० २०:४३
फाइल फोटो

अछाम । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर चौरपाटी गाउँपालिका वडा नं.१  सिउडीका  २३ वर्षिय  विरेन्द्र शाहको ज्यान गएको चौरपाटी गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउदले जानकारी दिएकाछन । 

यस्तै ज्यान जानेमा अर्का युवक  दैलेखका सुजन रावत रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताएका छन । उहाँका अनुसार गोली लागेर घाइते भएका उनीहरुको उपचारको क्रममा ज्यान गएको हो । 

त्यसअघि प्रदर्शनमा उत्रिएका युवाहरुले सडक अवरुद्ध पार्दै भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर आगजनी गरेका थिए । 

मन्त्रीको गाडीमा आगजनी र अरु सार्वजनिक गाडीमा तोडफोड गर्न थालेपछि बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ ।

clock शुक्रबार १३, पुष २०८० २०:४३

प्रतिक्रिया