१०३ पटक रक्तदान गर्ने पत्रकार उपाध्याय सम्मानित

  शुक्रबार १३, पुष २०८० २०:३३

धनगढी । सुदूरपश्चिमका सर्वाधिक रक्तदाता पत्रकार दीपक उपाध्यायलाई एक सय तीन पटक रक्तदान गरे बापत धनगढीमा सम्मान गरिएको छ ।

शुक्रवार लायन्स क्लब अफ धनगढी टाउनले एक कार्यक्रममा बिच पत्रकार दीपक उपाध्याय सम्मान गरेको हो । 

उनलाई डिस्ट्रिक्ट गभर्नर मुकुट ढकाल र पुर्ब गभर्नर सि बि चन्दले दोसल्ला र कदर पत्र सहित सम्मान गरेको हो । 

‘रक्तदान जीवनदान भन्ने मुलमन्त्रबाट अभिप्रेरित भई मानव जीवन रक्षाका लागि स्वतःस्फूर्त रूपमा हालसम्म १०३ पटक रक्तदान गर्नुका साथै रक्तदानको विषयलाई सामाजिकीकरण एवं जागरण गराउने कार्यमा योगदान’ पुर्‍याएका कारण सह–सम्पादक उपाध्यायलाई सम्मान गरिएको हो।

उनको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गरी आगामी दिनमा समेत निरन्तर सहयोग प्राप्त हुने अपेक्षा आयोजक संस्थाले लिएको सम्मान पत्रमा उल्लेख छ।

clock शुक्रबार १३, पुष २०८० २०:३३

प्रतिक्रिया