कञ्चनपुरमा एक बालिकामाथि सामुहिक बलात्कार, १ जना पक्राउ

  शुक्रबार १३, पुष २०८० १०:५७

कञ्चनपुर । कञ्चनपुरमा एक बालिकामाथि सामुहिक बलात्कार भएको छ । भीमदत्त नगरपालिका १७ वर्षिया बालिकामाथि २ जनाले बलात्कार गरेका हुन । बलात्कारको आरापेपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । 

बलात्कार गरेको आरोपमा सोही ठाउका २७ वर्षीय प्रेम प्रकाश जोशी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी प्रकाश डाँगीले बताएका छन ।

पिडित बालिकाको जाहेरीका आधारमा जोशीलाई पक्राउ गरिएको उनले बताए । उनले पौष १० गते झिसमिसे अध्यारोमा बालिकालाई घर नजिकै बोलाइ २ जनाले बलात्कार गरेको बताए ।

‘पीडित बालिकामाथि बलात्कार भएको घटनाबारे प्रहरीमा उजुरी परेको छ । उजुरीमा उल्लेखित एक जनालाई पक्राउ गरिसक्यौ । अर्काको खोजी कार्य जारी छ’ डिएसपी डाँगीले भने ‘घटनाबारे थप अनुसन्धान भईरहेको छ ।’

clock शुक्रबार १३, पुष २०८० १०:५७

प्रतिक्रिया