डडेल्धुरामा राष्ट्रिय परिचयपत्र वितरण सुरु

  बिहिबार १२, पुष २०८० ०६:१३

डडेल्धुरा । डडेल्धुरामा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ। गन्यापधुरा गाउँपालिका– २ का रामप्रसाद जोशीलाई पहिलो राष्ट्रिय परिचयपत्र वितरण गरेर जिल्ला प्रशासन कार्यालयले वितरण सुरु गरेको हो।

विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरण थालेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले बताए।

जिल्ला प्रशासन कार्यालयमा विवरण पेस गरेकामध्ये हाल ७ हजार ३३७ परिचयपत्र पुगेका हुन्।

तीन वर्ष अगाडि सुरू भएको विवरण सङ्कलन कार्य जिल्ला प्रशासनका साथै वडास्तरमा पनि सञ्चालन गरिएको थियो।

clock बिहिबार १२, पुष २०८० ०६:१३

प्रतिक्रिया