कैलालीको फुलबारीमा आसरा सुधार केन्द्रको उद्घाटन

  बुधबार ११, पुष २०८० १९:५५

धनगढी । कैलालीको धनगढी स्थित फुलबारीमा आसरा सुधार केन्द्र संचालनमा आएको छ । आसरा केन्द्रको धनगढी उपमहानगरपालिका– १४ फुलबारीमा बुधबार एक कार्यक्रमबीच नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक कुँवरले सुधार केन्द्र स्थापनापछि यस क्षेत्रमा लागुऔषधमा फसेकाहरुलाई सुधार्न सहज हुने बताए । उनले केन्द्रको स्थापना गर्न सहयोग गर्ने सबै संघ संस्था तथा पालिकाहरुलाई धन्यवाद दिए ।

सुधार केन्द्र स्थापनाको लागि धनगढी उपमहानगरपालिकाले १० लाख , बेलौरी नगरपालिकाले ५ लाख र कैलारी गाउँपालिकाले र ३ लाख सहयोग गरेको सुदुरपश्चिम प्रहरी प्रमुख डिआइजी भरत बोहराले जानकारी दिए ।

धनगढी उपमहानगरपालिकाले २० बर्ष सम्म को लागि नेपाल प्रहरीलाई सुधार केन्द्र संचालनको लागि उक्त ठाउँ र भौतिक संरचना उपलब्ध गराएको हो । लागू औषधमा फसेकाहरुलाई सुधार गर्नको लागि केन्द्रको स्थापना गरिएको हो ।

झन्डै एक सय जनालाई सुधार केन्द्रमा राखिनेछ । नेपाल प्रहरी श्रीमती संघले यस अघि काठमाण्डौ र धरानमा आसरा सुधार केन्द्र संचालन गरिसकेको छ ।

उद्घाटन कार्यक्रममा धनगढी उपमहानगरपालिका नगर प्रमुख गोपाल हमाललगायत कैलाली कञ्चनपुरका विभिन्न पालिकाका प्रमुख उपप्रमुखहरु, कैलाली र कंचनपुरका प्रमुख जिल्ला अधिकारी ,विभिन्न संघ संस्थाका प्रतिनिधि एबं स्थानीय विद्यालयका विद्यार्थी सहभागी थिए ।

clock बुधबार ११, पुष २०८० १९:५५

प्रतिक्रिया