कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा रतीरामको मृत्यु

  सोमबार ०९, पुष २०८० ०९:३९

कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतवार साँझ दुर्घटना हुँदा चालक कैलारी गाउँपालिका ९ गदरियाका ४३ वर्षीय रतीराम चौधरीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भिर घाईते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको हो। 

भजनी नगरपालिका ७ हिम्मतपुर स्थित हुलाकी सडक–खण्डमा सुदूरपश्चिम प्रदेश ०१००११ प ८०४० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुर्घटना सम्बन्धी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

clock सोमबार ०९, पुष २०८० ०९:३९

प्रतिक्रिया