बाजुरामा मिलको सापटमा दोपट्टा बेरिएर बालिकाको मृत्यु

  सोमबार ०९, पुष २०८० ०९:३६

बाजुरा । बाजुरामा मिलको सापटमा दोपट्टा बेरिएर एक बालिकाको मृत्यु भएको छ। बुढिगंगा नगरपालिका-८ देउलिसैनका लोकेन्द्र रावलको ५ वर्षीया छोरी आँचल रावलको आइतबार साँझ मृत्यु भएको हो।

सोही ठाँउस्थित भरत नेपालीले सञ्चालन गरेको मिलको पछाडीको सापटमा बालिकाकोे दोपट्टा बेरिएर टाउकोमा चोट लाग्दा उनको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट आवश्यक अनुसन्धान भईरहेको जनाएको छ।

clock सोमबार ०९, पुष २०८० ०९:३६

प्रतिक्रिया