डडेल्धुरामा करेन्ट लागेर सकायलका मकरबहादुरको मृत्यु

  सोमबार ०९, पुष २०८० ०९:३३

डडेल्धुरा । डडेल्धुरामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएकको छ।

आइतबार जिल्लाको गन्यापधुरा गाउँपालिका–३ सकायलमा करेन्ट लागेर अन्दाजी ५० वर्षीय मकरबहादुर शाहीको मृत्यु भएको हो।

साँझ रुखमा चढेर घाँस काट्ने क्रममा विद्युतको लाइनमा छुन गई करेन्ट लागेर रुखबाट खसेर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

clock सोमबार ०९, पुष २०८० ०९:३३

प्रतिक्रिया