सम्पदा संरक्षणमा सेनाः थाल्यो आलिताल सरसफाई अभियान

  सोमबार ०९, पुष २०८० ०६:४२

डडेल्धुरा । नेपाली सेनाले सम्पदा संरक्षण अभियानको थालनी गरेको छ । जिल्ला सदरमुकाम खलंगामा रहेको ऐतिहांसिक ढुंगे अमरगढी किल्लामा सरसफाई गरि पुनः निर्माणका लागि बृहत छलफल पछि प्राकृतिक आलिताल सरसफाई अभियान सञ्चालन गरेको छ ।

अमगढी नरपालिका १ दहमा रहेको नेपाली सेनाको रणबम गणले शनिबार देखि तीन दिने आलिताल सरसफाई अभियान सञ्चालन गरेको छ । आलिताल गाउँपालिका संगको समन्वयमा सेनाले शनिबार डडेल्धुराका सात वटै स्थानीय तहका प्रमुख, उप प्रमुख, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल लगायत सरोकारवाला निकायलाई तालमै आमन्त्रण गरि सरसफाई अभियानको थालनी गरेको छ ।

सम्पदा संरक्षणका लागि सरसफाई अभियान सञ्चालन गरिएको रणबम गणका गणपति प्रमुख सेनानी प्रविन थापाले जानकारी दिए । ताल संरक्षणका लागि स्थानीय सरकार, प्रशासन र स्थानीयहरुको अपनत्व गराउन सरसफाई अभियान सञ्चालन गरिएको बताए । पहिलो दिन सेना, प्रहरीलेले तालको सरसफाई गरेपछि आईतबार र सोमबार आलितालका विद्यार्थीहरुले गर्ने उनले बताए ।

विद्यार्थीहरुले सरसफाई गर्दा ताल ’bout जानकारी पाउनुका साथै अवलोकन भ्रमणको मौका समेत पाउने उनको भनाई छ । आफ्ना स्थानीय तह, जिल्ला तथा देश भित्रका सम्पदाहरु ’bout आम सबैले जानकारी र सूचना पाईराख्नु पर्ने उनले बताए ।

सरसफाई अभियानको औपचारिक कार्यक्रममा बोल्दै छिमेकी परशुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशीले स्थानीय तहका प्रमुख एवं अध्यक्षहरु आ आफ्नै क्षेत्रका सम्पदाहरुको संरक्षणमा जुटेकाले समग्र जिल्लाका सम्पदाहरुको संरक्षण तथा प्रबद्र्धन हुन नसकेको बताए । सरसफाई अभियानले जिल्लाका सबै सम्पदाहरुको संरक्षण र प्रबद्र्धनका लागि नयाँ सिकाई भएको उनले बताए ।

हामिले आ आफ्नै स्थानीय तह भित्रका सम्पदाहरुको संरक्षणमा केन्द्रि भयौ । उनले भने, समग्र जिल्ला भित्रका सम्पदा एवं पर्यटकिय क्षेत्रहरुको संरक्षण तथा प्रबद्र्धनमा ध्यान दिएनौ । जसले एक अर्का सम्पदा संग जोड्छन र पर्यटकको आवागमन बड्छ । महाकालीमा पक्कि पुल निर्माण भए परशुराम धाम पारी नजिकै भारतमा रहेको पूर्णागिरि सम्म पुग्ने धार्मिक एवं अवलोकन कर्तालाई आकर्षण गर्न सक्ने उल्लेख गर्दै डडेल्धुराका सबै सम्पदाहरुको संरक्षण प्रबद्र्धनका लागि अभियानले ठूलो सिकाई भएको बताए ।

आलितालको विकासका लागि बहुवर्षे ठेक्का लगायन पर्यटन तथा संस्कृति मन्त्रालयमा सिफरिस पठाएपनि अर्थ मन्त्रालयले बजेट कटौती गरेको आलिताल गाउँपालिका अध्यक्ष शेरबहादर पार्कीले गुनासो गरे ।

चालु आर्थिक वर्षको बजेट ल्याउन अघिनै पर्यटन तथा संस्कृती मन्त्रि संग भेट गरि सचिव मार्फत योजना छनौटका लागि सिफारिस पठाएका थियौ । उनले भने, बजेट आउनेमा ढुक्क थियौ । तर अर्थ मन्त्रालयले बजेट कटौती गरयो भन्ने सुन्यौ । योजना नपर्दा निरास बनाएको छ ।

सुदूरपश्चिम र भित्रि मधेशका जनताले पूर्वका नेता मन्त्री र कर्मचारीले हेर्न दृष्टिकोण नै फरक भएको जनाउने उहाँले परिवर्तन गर्न आग्रह गरे । हामि पनि नेपाली जनता हौ । उनले भने, हामिलाई पनि विकास चाहिएको छ । योजना नै समावेस नगरि बजेट कटौती गर्नु गलभ भएको भन्दै उहाँले आक्रोश व्यक्त गरे ।

चालु आर्थिक वर्षमा २० लाख रुपियाँ बजेट भएको जानकारी दिदै उनले स्थानीको माग अनुसार मन्दिर निर्माण गरिने बताए । आलिताल धार्मिक आस्थाको प्राकृतिक ताल भएकाले मन्दिर निर्माण गरिने उनको भनाई छ ।

विगत एक दशक यता तालमा सडक पुगेको, ताल वरीपरि पैदल बाटो निर्माण भएको, पिकनिक स्पट, शौचायलय निर्माण, भू क्षयीकरण रोकथामका लागि पर्खाल र भ्यू टावर समेत निर्माण भएकाले पहिलेको तुलनामा केही पूर्वाधार निर्माण भएको निमित्त प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीले बताए । केही आवश्यक पूर्वाधारहरु बनेका छन, उनले भने, तर यी पर्याप्त छैनन् । सुन्दर आलिताललाई पर्यटकिय आकर्षणका रुपमा विकास गर्न अभियान सञ्चालन गरिएको छ । यसमा सबै हातेमालो गर्दै सुन्दरता नमासिने गरि काम गर्न उहाँले सबैलाई आग्रह गरे ।

संघियतापछि आलितालकै नामबाट गाउँपालिकाको नामाकरण गरिएको छ । आलितालले चुरे र महाभारत पर्वतलाई छुट्याउछ । आलितालबाट तल चुरे पर्वतको भित्रि मधेश सुरु हुन्छ भने माथि महाभारत पर्वत सुभारम्भ हुन्छ । चुरेमा पर्ने यो सबै भन्दा ठूलो ताल समेत हो ।

आलिताल हाल डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका ३ मा पर्छ । सुदूरपश्चिमका तराई पहाड जोड्ने एक मात्रै मूख्य राजमार्ग महाकाली राजमार्गको बुडर बजारबाट १९ किलोमिटर दुरी पश्चिम तर्फ रहेको छ ।

डडेल्धुरा जिल्ला सदरमुकाम खलंगाबाट झण्डै ७० किलोमिटरको दुरीमा रहेको आलिताल डोटीको बुडरबाट जोगबुडा जोड्ने कालोपत्रे सडकको गोदाम बजारबाट करिब तीन किलोमिटरको मात्रै दुरीमा पर्छ । गोदाम बजारबाट कुनैपनि यातायातका साधनहरुमा सजिलै संग ताल पुग्न सकिन्छ ।

clock सोमबार ०९, पुष २०८० ०६:४२

प्रतिक्रिया