कैलालीमा एक प्रहरी कार्यालयको हिरासत कक्षमा पुस्तकालय स्थापना

  आइतबार ०८, पुष २०८० १७:४२

धनगढी । कैलालीको एक प्रहरी कार्यालयमा आइतवार पुस्तकालय स्थापना गरिएको छ। अत्तरियामा रहेको इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको छ।

फौजदारी अभियोग लागि कानुनी हिरासतमा रहेका थुनुवाहरुको आचरण, व्यवहार र सोचमा सकारात्मक परिवर्तन ल्याउने उदेश्यले हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलाली बीच भएको नेपाल प्रहरी कार्ययोजना २०८० तथा कार्यसम्पादन सम्झौता अनुसार थुनुवा कक्षमा पुस्तकालय स्थापना गरिएको हो।

clock आइतबार ०८, पुष २०८० १७:४२

प्रतिक्रिया