कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट ६ वर्षका बालक लव चन्दको मृत्यु

  आइतबार ०८, पुष २०८० ०८:४८

कञ्चनपुर । कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट ६ वर्षका बालकको मृत्यु भएको छ। जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ६ सिसैयामा ६ वर्षका लव चन्दको घटना स्थलमा नै मृत्यु भएको हो।

सुदूरपश्चिम प्रदेश, प्रहरीका अनुसार शनिवार साँझ से १ त ८९३० नम्बरको ट्याक्टरको ठक्करबाट चन्दको घटनास्थलमा मृत्यु भएको छ। बैतडीको दोगडा केदार गाउँपालिकाका चन्द कञ्चनपुरमा मामाको घर आएका थिए। 

जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर १० नयाँ गाउँका ४५ वर्षीय ट्याक्टर चालक रामबहादुर खुनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका विषयमा थप अनुसन्धान जारी हरेको प्रहरीले बताएको छ।

clock आइतबार ०८, पुष २०८० ०८:४८

प्रतिक्रिया