सैपाल ग्याँस प्रालिले सुदूरपश्चिममै पहिलो पटक गर्‍यो अग्नी सुरक्षा कार्यक्रम

  आइतबार ०८, पुष २०८० ०६:०६

धनगढी । कैलालीको अत्तरियामा एक दिने अग्नी सुरक्षा तथा डिलर भेटघाट कार्यक्रम गरिएको छ । डिलरहरुलाई ग्याँस सुरक्षा सम्बन्धि जानकारी दिन सैपाल ग्याँस प्रालिको आयोजनामा शनिबार नमस्ते होटलमा कार्यक्रम गरिएको हो ।

तालिममा ग्याँस सिलिन्ड भण्डारण गर्ने, भान्सामा सुरक्षित तरिकाले प्रयोग गर्ने र ग्याँसबाट आगलागी भए जोगिने तरिकाका बारेमा प्रशिक्षक उमेश जंग रायमाझिले जानकारी दिएका थिए ।

उनले ग्याँस उद्योगले सिलिण्डरलाई सुरक्षित बनाएको भएपनि डिलर तथा ग्राहकको असावधानीका कारण सिलिण्डरले जोखिम निम्त्याउन सक्ने बताए । उनले भने –‘डिलरले ग्याँस सिलिण्डर गाडिमा राख्दा वा निकाल्दा सिधै फाँल्ने, ग्राहकले सिलिण्डर गुडाएर लग्ने, चिसो भयो भन्दै पाइप तताउने लगायतका कारण सिलिण्डरमा चुहावट ‘लिक’ हुने र त्यसले दुर्घटना निम्त्याउन सक्छ ।’

सैपाल ग्याँसका प्रवन्धक संगम भण्डारीले ग्याँस प्रयोगबारे सचेतना फैलाउन कम्पनिले तालिम तथा डिलर भेटघाट कार्यक्रम गरेको बताए । उनले भने –‘उद्योगमात्र सचेत भएर हुँदैन । डिलरहरुले पनि ग्याँस सिलिण्डर कसरी प्रयोग गर्ने र कसरी सुरक्षित बनाउने भन्ने जानकारी राख्नुपर्छ ।’ उनले तालिमबाट सिकेका कुरा डिलरहरुले आफना ग्राहकसम्म पुगाउन सक्ने भएकाले यस्ता तालिम आवश्यक रहेको उनको भनाई छ ।

clock आइतबार ०८, पुष २०८० ०६:०६

प्रतिक्रिया