विवाहको चार वर्षपछि कैलालीमा तेस्रोलिङ्गी जोडीको विवाह दर्ता

  आइतबार ०८, पुष २०८० ०६:०३

धनगढी । कैलालीमा पहिलो पटक तेस्रोलिङ्गी विवाह दर्ता भएको छ । जिल्लाको कैलारी गाउँपालिका ८ का प्रकाश चौधरी र दाङ तुलसीपुर उपमहानगरपालिका– १ का मनिला न्यौपानेको विवाह दर्ता भएको हो । 

विवाह गरेको ४ वर्षपछि उनीहरुको विवाह कैलारी गाउँपालिकामा दर्ता भएको हो । यहि पुुस ६ गते मात्रै उनीहरुको विवाह दर्ता भएको हो । तेस्रोलिङ्गी विवाह गर्न पाउने कानुन हुँदा पनि अहिले सम्म कैलालीमा तेस्रोलिङ्गी विवाह दर्ता भएको थिएन । परिपत्रमा सर्वोच्च अदालतको २०८० असार १२ गते जारी गरेको आदेश अनुसार नेपालमा रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जोडीहरूको विवाह गर्दा गरी अस्थायी अभिलेख राख्न भनिएको थियो। सोही अनुसार शुक्रबार प्रकाश र मनिलाको विवाह दर्ता भएको छ। 

शनिवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पहिलो पटक तेस्रोलिङ्गी  विवाह दर्ता निलहिरा समाजका अध्यक्ष पिंकि गुरुङले बताइन् । तेस्रोलिङ्गी विवाहका रूपमा प्रकाश र मनिलाको विवाहलाई नेपालमा दोस्रो भनिए पनि ट्रान्स जेन्डरको जोडीका रूपमा उनीहरूको पहिलो विवाह दर्ता भएको समाजका अध्यक्ष गुरुङले बताइन् । गुरुङले तेस्रोलिङ्गी विवाहमा अवरोध आउँदा लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिहरू निकै समस्यामा रहेको बताएकी थिइन् । यो विवाहले अरुलाई पनि सहज हुने उनको अपेक्षा छ ।

पहिलो पटक आफूहरूको विवाह दर्ता भएको बताउँदै मनिलाले खुशी व्यक्त गरेकी छन् । उनले आफूूलाई विवाह दर्तामा समस्या देखिएको बताउदैँ अव भने कसैलाई समस्या नहोस भनेर भनेकि छन् । 
‘हाम्रो विवाह भएको चार वर्ष भइसकेको थियो उनले भनिन् थुप्रै विभेद र समस्या झेल्दै हामी आज यो दिनमा आइपुगेका छौँ’ ‘ विवाह दर्ता भएको छ हामी निकै खुसी छौँ ।’ उनले आफूलाई देखेर अरुलाई पनि सहज हुने बताइन् ।

प्रकाश चौधरीले पनि आफूहरूले ठुलो समस्या झेल्दै ४ वर्षपछि मात्रै यो उपलव्धी पाएको बताएका छन् । उनले भने, ‘लामो समयको संघर्षपछि आज एक खुसी मिलेको छ । जो समाजिक परम्परागत रुपमा विवाह गरेको चार वर्षपछि नितिगत रुपमा विवाह दर्ता प्रमाणपत्र लिएका छौँ।’
उनले समाजमा सबैले आफूलाई चिन्ने गरेको भएपनि कानुनी रुपमा चिनाउन र विवाह दर्ता सम्मको प्रक्रियामा भने समस्या झेल्नु परेको सुनाए ।

विवाह दर्ता भएपछि बच्चाको पनि चाहना भएको बताउदैँ उनीहरूले तेस्रोलिङ्गी विवाहपछि अब धर्म सन्तान पनि राख्न पाउनुपर्ने बताएका छन् ।

यस अघि नवलपरासीका सुरेन्द्र पाण्डे र लमजुङका माया भनेर चिनिने रामबहादुर गुरुङबिचको विवाहलाई नेपालको स्थानीय प्रशासनले दर्ता गरेको हो । त्यो नेपालमा पहिलो पटक समलैंगिक विवाह दर्ता हो ।

No description available.

clock आइतबार ०८, पुष २०८० ०६:०३

प्रतिक्रिया