एसपीए विद्यार्थी परिषद् गरेको कार्यक्रममा ६४ जना विद्यार्थीले गरे रक्तदान

  शुक्रबार ०६, पुष २०८० २०:२५

धनगढी । चिसो बढेसँगै धनगढीमा रगतको अभाव हुन थालेपछि सुदूरपश्चिमाञ्चल क्याम्पस विद्यार्थी परिषद् रक्तदान कार्यक्रम गरेको छ । 

सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) मा आयोजना गरेको कार्यक्रममा ६४ जना विद्यार्थीले रक्तदान गरेका छन्। 

सुदूरपश्चिमाञ्चल क्याम्पस विद्यार्थी परिषद्का अध्यक्ष कृष्ण पुजाराले दैनिक रूपमा रगत अभावका खबरहरू आउन थालेपछि रक्तदान कार्यक्रमको आयोजना गरेको बताए ।

उनले क्याम्पसमा पढ्ने बिद्यार्थीहरुलाई रक्तदान गरेपछि स्वास्थ्य कुनै असर गर्दैन र पटक पटक रक्तदान गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न कार्यक्रमको गरेको बताए ।

नेपाल विद्यार्थी संघ कैलालीका अध्यक्ष मनिश कुँवरको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरिएको परिषद्का अध्यक्ष कृष्ण पुजाराले बताए। 

clock शुक्रबार ०६, पुष २०८० २०:२५

प्रतिक्रिया