फुटबल प्रशिक्षक लालवहादुर खड्का सम्मानित

  शुक्रबार ०६, पुष २०८० १८:२४

धनगढी । फुटबलका प्रशिक्षक लालवहादुर खड्का सम्मानित भएका छन् । आजदेखि धनगढीमा सुरु भएको छैटौ फारवेष्ट पशुपति कप २०८० को उदघाटन समारोहमा उनलाई खेलकुद क्षेत्रमा योगदान पुराएको भन्दै सम्मानित गरिएको हो ।

उनी स्वयम उपस्थित हुन नसकेपछि उनकी धर्मपत्नी रुपा खड्कालाई कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्री झपट साउँदले सम्मान गरेका हुन् । खड्का लामो समयदेखि फुटबल खेलको विकासमा रहेका थिए ।

उनकै प्रशिक्षणमा सुदुरपश्चिमले पहिलो पटक २०६८ सालमा भएको छैठौ राष्ट्रिय खेलकुदमा फुटबलबाट स्वर्ण पदक जितेको थियो । लामो समय फुटबल प्रशिक्षक रहेका खड्का हाल सेवा निवृत भईसकेका छन् । 

clock शुक्रबार ०६, पुष २०८० १८:२४

प्रतिक्रिया