शिक्षाविद शिवहरी मुडभरी सम्मानित

  शुक्रबार ०६, पुष २०८० १८:१८

धनगढी । शिक्षाविद शिवहरी मुडभरी सम्मानित भएका छन् । आजदेखि धनगढीमा सुरु भएको छैटौ फारवेष्ट पशुपति कप २०८० को उद्घाटन समारोहमा उनलाई शिक्षा क्षेत्रमा योगदान पुराएको भन्दै सम्मानित गरिएको हो ।

उनलाई कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्री झपट साउँदले सम्मान गरेका हुन् । उनी लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रहदै आएका थिए । लामो समय नाष्ट माविमा अध्यापन गराएका उनी हालै सेवा निवृत भएका हुन् । 

clock शुक्रबार ०६, पुष २०८० १८:१८

प्रतिक्रिया