कैलालीको गोदावरीबाट भंसार छली ल्याएको झन्न्डै ३८ लाख बराबर को सामान बरामद

  शुक्रबार ०६, पुष २०८० १८:०२

धनगढी । कैलाली प्रहरीले ३८ लाख बराबर को अबैध सामान बरामद गरेको छ ।

शुक्रबार दिउँसो गोदावरी ३ चौकीडाँडाबाट पश्चिमबाट पुर्ब तर्फ आईरहेको  एक बलेरो जिपबाट उक्त सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलाली र चौकीडांडा प्रहरी पोष्ट को टोलीले कंचनपुर को  बेदकोट नगरपालिका १० का चालक  बिरेन्द्र रानाले चलाएको सु.प.प्र-०१-००१ च ३१६९ नम्बर  को बोलेरो जिप रोकि चेकजाँच गर्दा कपडा, किर्केट ब्याट, स्केल र क्लिप बोर्ड बरामद गरेको कैलाली का प्रहरी प्रबक्ता डिएसपी कुलदिप चन्दले बताए ।

डिएसपी चन्द ले बरामद गरिएको सामान  भंसार कार्यालय धनगढी  पठाईएको र चालकलाई आवश्यक कारबाहीको लागी नियन्त्रणमा लिइएको बताए । 

clock शुक्रबार ०६, पुष २०८० १८:०२

प्रतिक्रिया