धनगढीमा आधुनिक बसपार्क निर्माणका लागि डीपीआर तयार

  शुक्रबार ०६, पुष २०८० १३:४७

धनगढी । कैलालीको धनगढीमा आधुनिक एवं सुविधासम्पन्न बसपार्क निर्माण हुने भएको छ।

यसका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको हो।

नगर विकास कोष धनगढी उपमहानगरपालिकाको वित्तीय लगानीमा आधुनिक बसपार्क निर्माण हुने भएको छ।

धनगढी उपमहानगरपालिका–३ मा प्रस्तावित बसपार्क निर्माणका लागि हालै मात्र डीपीआर निर्माणको काम पूरा भएको उपमहानगरपालिको जनाएको छ।
 

clock शुक्रबार ०६, पुष २०८० १३:४७

प्रतिक्रिया