धनगढीमा नेपाल प्रहरीका पूर्व सई पक्राउ

  बिहिबार ०५, पुष २०८० १७:२६

धनगढी । धनगढीमा नेपाल प्रहरीका पूर्व सई पक्राउ परेका छन्। आज (बिहीबार) पूर्व सई मदन धामीलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ।

प्रहरी स्रोतका अनुसार धनगढीको त्रिनगरस्थित प्रहरी चौकीले धामीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कैलालीमा राखीएको प्रहरी जनाएको छ । 

धामीलाई पूर्व प्रहरी भएर अवाञ्छित क्रियाकलाप गरेको र प्रहरीकै विरुद्ध अफवाह फैलाएको भन्दै त्रिनगर प्रहरी चौकीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले पुष्टि गरे।

तर, उता धामीले भने त्रिनगर प्रहरी चौकीका प्रहरी प्रमुख रमेश खड्काले आफूलाई अनाहकमा कुटेको आरोप लगाएका छन्। आफूलाई चोट लागेको दाबी गर्ने धामीको मेडिकल चेकजाँच पनि गरिएको स्रोतको भनाइ छ।

clock बिहिबार ०५, पुष २०८० १७:२६

प्रतिक्रिया