भारतमा आगलागीबाट कञ्चनपुरको बेलौरी पाँच घाइते

  बिहिबार ०५, पुष २०८० १५:३५

धनगढी । भारतमा आगलागी हुँदा कञ्चनपुरमा पाँच घाइते भएका छन्। भारतको बैंग्लोरमा ग्याँस लिक भइ आगलागी हुँदा मजदुरी गर्दै आएका उनीहरु घाइते भएका हुन्।

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ हीरापुरका सन्देश तिरुवाको परिवार आगलागीमा परी गम्भीर घाइते भएको हो। घाइतेहरुको बैंग्लोरस्थित विक्टोरिया अस्पतालमा उपचार भइरहेको छ। 

२८ वर्षीय सन्देश तिरुवा, उनको श्रीमती २६ वर्षीया निकला, तीन वर्षका छोरा रोहन, सात वर्षका रोशन र १५ वर्षका छोरी रोशनी तिरुवा जलेर घाइते भएका छन्।

परिवारसहित भारतमा रोजगारी गरिरहेका तिरुवा परिवारका सदस्यको उपचारका लागि भारतमा रहेका नेपालीले सहयोग जुटाउन थालेको छन्।

clock बिहिबार ०५, पुष २०८० १५:३५

प्रतिक्रिया