कैलालीमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीका सिपाही पक्राउ

  बिहिबार ०५, पुष २०८० १५:१९

धनगढी । कैलालीमा महिलामाथि आर्थिक लेनदेनका क्रममा दुर्व्यवहार गरेको आरोपमा एक जना प्रहरी जवान (सिपाही) पक्राउ परेका छन् ।

धनगढीकै चौधरी थरकी महिलासँग रकम लेनदेनको विषयमा विवाद हुँदा बैतडी घर भएका प्रहरी जवान दमन बिष्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले दुर्व्यवहार मुद्दामा प्रहरी जवान बिष्टलाई नियन्त्रणमा लिइएको पुष्टि गरे । ‘उहाँहरुबीच आपसी लेनदेनको विषयमा विवाद रहेछ ।

सोही क्रममा बिष्टले आफूमाथि दुर्व्यवहार गरेको उजुरी महिलाले दिएपछि नियन्त्रणमा लिइएको हो,’ डीएसपी चन्दले भने ।

जाहेरी दर्ता गर्नुअघि लेनदेनको विवाद मिलाउन उनीहरु जिल्ला प्रशासन कार्यालय समेत पुगेका थिए तर कुरा नमिलेपछि महिलाले बिष्टका नाममा जाहेरी दर्ता गराएपछि प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

clock बिहिबार ०५, पुष २०८० १५:१९

प्रतिक्रिया