उद्योग वाणिज्य सङ्घ अछामका अध्यक्ष महेन्द्र कडायतको निधन

  बिहिबार ०५, पुष २०८० ०६:२६

अछाम । अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कडायतको हृदयाघातका कारण निधन भएको छ । 

बुधबार साँझ उनलाई हृदयाघात भएपछि बयालपाटा अस्पताल पुर्‍याउने बित्तिकै अस्पतालले मृत घोषणा गरेको हो ।


लामो समयसम्म उद्योग वाणिज्य संघको कार्ववाहक अध्यक्षको जिम्मेवारीमा रहेका कडायत २०७८ वैशाख १८ गते निर्विरोध अध्यक्ष भएका थिए । 

साँफेबगर नगरपालिका(८ का कडायत लामो समयदेखि साँफेबगरमा रहेर व्यापार व्यवसाय गरिरहेका थिए । बिहीबार उनको अन्त्येष्टि गरिने छ । 

शोक मनाउन जिल्लाभरको बजार क्षेत्र बिहीबार बन्द रहने उद्योग वाणिज्य संघ अछामका उपाध्यक्ष बम रावलले बताए ।

clock बिहिबार ०५, पुष २०८० ०६:२६

प्रतिक्रिया