कैलालीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  बुधबार ०४, पुष २०८० १४:१५

धनगढी । कैलालीमा पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ। जिल्लाको साडेपानीमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएका भोजबहादुर शाहीको घटनाको छानबिनको माग गर्दै सडक अवरुद्ध गरिएको हो। 

मंगलबार पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका–१ जङ्गल रिसोर्ट नजिकै सुदूरपश्चिम प्रदेश ०१०१० प ५०७० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–२ विशाल चोकका करिब ३० वर्षीय भोजबहादुर शाहीको मृत्यु भएको थियो।

प्रहरीले मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना नभई गाडीले ठक्कर दिएर दुर्घटना भएको भन्दै स्थानीयले छानविनको माग गरेका छन्। सडक खुलाउने प्रयास भइरहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले बताएको छ।

clock बुधबार ०४, पुष २०८० १४:१५

प्रतिक्रिया