पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो, देशभर चिसो बढ्यो

  बुधबार ०४, पुष २०८० ०७:१०

धनगढी । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बिहान देशका पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतः सफा रहेको छ । यस्तै, तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतः मौसम सफा रहनेछ । यस्तै, रातिको समयमा देशका केही भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ ।

देशभरको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । 

clock बुधबार ०४, पुष २०८० ०७:१०

प्रतिक्रिया