मौसमविद् भन्छन्– तापक्रम घट्ने क्रममा छ, सतर्कता अपनाउनू

  बुधबार ०४, पुष २०८० ०७:०७

धनगढी । देशभर तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ । अहिले बिहान देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो र राति देशभरको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने महाशाखाले बिहान ६ बजे जारी गरेको सूचनामा उल्लेख छ । 

clock बुधबार ०४, पुष २०८० ०७:०७

प्रतिक्रिया