धनगढी जेसिज देशभरमै यस वर्ष उत्कृष्ट शाखा

  बुधबार ०४, पुष २०८० ०६:५६

धनगढी । कैलालीको धनगढी जेसिज यस वर्ष देशभरमै उत्कृष्ट शाखा घोषित भएको छ । राष्ट्रिय जेसिजको ५० औं महाधिवेशनमा धनगढी शाखालाई देशकै सर्वोत्कृष्ट शाखा धनगढी जेसिज घोषित गर्दै पुरस्कृत गरिएको हो । 

सामाजिक तथा व्यक्तिगत कार्यमा विभिन्न गतिविधि गरेको भन्दै देशभरका एक सय ७८ शाखामध्ये धनगढी उत्कृष्ट बनेको धनगढी जेसिजका अध्यक्ष मोहन ओझाले जानकारी दिए । धनगढी जेसिजले नयाँ वर्षमा धनगढी दौडिन्छ, अन्य समयमा रक्तदान, अन्तरक्रिया लगायतका विभिन्न गतिविधि गर्दै आइरहेको छ ।

सो सम्मान अध्यक्ष ओझालाई  २०२३ का राष्ट्रिय अध्यक्ष सिनेटर विकास मान्नधरले हष्तान्तरण गरेका थिए । मंसिर २९ देखि शुरू भएको अधिवेशन २ गते सम्पन्न भएको छ । 

clock बुधबार ०४, पुष २०८० ०६:५६

प्रतिक्रिया