स्थापना दिवसको अवसरमा कैलालीको वर्कआउट जिम क्लबले गर्‍यो रक्तदान

  मङ्गलबार ०३, पुष २०८० १४:३४

धनगढी । कैलालीको द वर्कआउट जोन जिम क्लबले रक्तदान गरेको छ। जिल्लाको गोदावरी नगरपालिका-२ वनखेतस्थित सो जिमले सोमबार बिहान रक्तदान कार्यक्रमको आयोजना गरेको हो।

जिमको पहिलो स्थापना दिवसका अवसरमा गरिएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेको क्लबका सञ्चालक भीम खडायतले जानकारी दिए।

जिम क्लबले यसअघि पनि जाजरकोटका भूकम्पपीडितका लागि रक्तदान गरेको थियो भने ५५ हजार ५ सय ५५ रुपैयाँ राहत रकम संकलन गरी भेरी नगरपालिकाको प्रकोप व्यवस्थापन खातामा पठाएको थियो।

clock मङ्गलबार ०३, पुष २०८० १४:३४

प्रतिक्रिया