कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ घाइते

  मङ्गलबार ०३, पुष २०८० ०९:१६

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कैलारी गाउँपालिका–७ बर्का बसन्ता स्थित हुलाकी सडक खण्डमा बा ८१ प ४२९८ नम्बरको मोटरसाईकल र से ५ प ४७७४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा सोमबार साँझ दुर्घटना भएको हो।

बा ८१ प ४२९८ नम्बरको मोटरसाइकल चालकको कैलारी गाउँपालिका वडा नम्बर(५ का २८ वर्षीय शिशिर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घाइते भएका शिशिरको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

दुर्घटनामा घाइते भएका से ५ प ४७७४ नम्बरको मोटरसाईकल चालक भजनी नगरपालिका-५ का २६ वर्षीय बिरबहादुर चौधरी र सोही मोटरसाइकलमा पछाडीसवार २८ वर्षीय राजेश डगौराको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ।

दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

clock मङ्गलबार ०३, पुष २०८० ०९:१६

प्रतिक्रिया