कस्तो रहनेछ आजको दिनभरको मौसम

  सोमबार ०२, पुष २०८० ०६:२२

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण मुलुकका अधिकांश भेगमा आंशिक बदली रहने छ । तराईका केही स्थानमा आज पनि हुस्सु र कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार उच्च भेगमा हिमपात हुने छ । देशभरिको तापक्रम घट्ने क्रममा रहेकाले यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । 

clock सोमबार ०२, पुष २०८० ०६:२२

प्रतिक्रिया