बाजुरामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु

  आइतबार ०१, पुष २०८० २०:४५

बाजुरा ।  बाजुरामा ट्याक्टर दुर्घटना भएको छ। दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्लाको बडीमालिका नगरपालिका–२ खडीगाडमा दुर्घटना भएको हो। आइतवार साँझ ५ बजेतिर सुदुरपश्चिम प्रदेश ०१००२ त ४१०५ नम्बरको ट्याक्टरले लु ४ त ७३०५ नम्बरको ट्याक्टर ओभर टेक गर्ने क्रममा दुर्घटना भएको हो।  

सुदुरपश्चिम प्रदेश ०१००२ त ४१०५ नम्बरको ट्याक्टर खोलामा परेर चालकसहित चारजनाको मृत्यु भएको छ। बडीमालिका–२ का ३८ वर्षीय देवराज जैशि, ३३ वर्षीया करिष्मा रोकाया, सोहि पालिका–१ का ३५ वर्षीय चन्द्र धामि र गौमुल गाउँपालिका–६ का ३० वर्षीय चालक हिक्मत रोकायाको मृत्यु भएको छ।

दुबै ट्याक्टरमा ४÷४ जना सवार रहेका थिए। अर्को ट्याक्टरका चालकसहित चारै जना फरार रहेका छन्। घटनास्थलमा प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक कविन्द्रसिं बोहराले बताए।

clock आइतबार ०१, पुष २०८० २०:४५

प्रतिक्रिया