कञ्चनपुरको भानु माद्यमिक विद्यालयबाट नौवटा सिसिटीभी चोरी

  आइतबार ०१, पुष २०८० १५:२७

कञ्चनपुर । कञ्चनपुरको एक विद्यालयबाट नौवटा सिसिटिभी क्यामरा चोरी भएका छन्। दोधारा–चाँदनीको भानु माद्यमिक विद्यालयबाट ९ वटा सिसिटिभी क्यामरा चोरी भएका हुन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर सिजालीका अनुसार शुक्रबार राति ७ वटा सिसिटिभी क्यामरा चोरी भएका छन्। एक साताअघि एक र करिब दुई महिनाअघि थप एक थान ससिटिभी क्यामरा चोरी भएको उनले बताए।

चोरी कार्यमा संलग्न तीन जनालाई सिसिटिभी फुटेजमा देखाएको छ। विद्यालयले चोरीबारे प्रहरीमा निवेदन दिएको छ। यस विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीले जनाएको छ।

clock आइतबार ०१, पुष २०८० १५:२७

प्रतिक्रिया