डडेल्धुरा बागबजार आगलागी प्रकरण : दुई करोड ८६ लाख बराबरको क्षती

  आइतबार ०१, पुष २०८० १४:५५

डडेल्धुरा । डडेल्धुरामा शनिबार राति भएको आगलागीबाट झण्डै दुई करोड ८६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

अमरगढी नगरपालिका–५ बागबजारमा रहेको शुलभ फेन्सीमा तार सर्ट भइ सुरु भएको आगलागीबाट दुई करोड ८६ लाख रुपैयाँ बराबरको क्षति भएको हो।

बागबजारको शुलभ फेन्सीको अन्दाजी १ करोड २० लाख, कैलपाल मेडिकलको अन्दाजी ८० लाख र शिशिर फेन्सीका ८० लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए।

उनका अनुसार घरधनी महेशप्रसाद भट्टको अन्दाजी ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। शनिबार राति पौने ९ बजेतिर आगलागी भएको थियोे।

अमरगढी नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयले करिब एक घन्टा पछि आगो नियन्त्रणमा लिएका थिए।

clock आइतबार ०१, पुष २०८० १४:५५

प्रतिक्रिया