रुसी सेनामा कार्यरत कैलालीको टीकापुरका भरत शाहको मृत्यु

  आइतबार ०१, पुष २०८० १४:००

धनगढी । रुसी सेनामा कार्यरत कैलालीका एक युवकको मृत्यु भएको छ। युक्रेन र रुसबिचको लडाइमा रुसका तर्फबाट लडिरहेका टीकापुरका युवकको मृत्यु भएको छ।

टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको युक्रेन र रुसको सीमामा मृत्यु भएको हो। उनको मृत्यु नोभेम्बर २० मा भए पनि परिवारले भने शुक्रवार मात्र मृत्युको खवर पाएका थिए।

लडाइमा गोली लागेर घाइते भएका शाहको समयमा उपचार नपाउँदा मृत्यु भएको उनीसँगै रुसी सेनामा कार्यरत कञ्चनपुरका युवाले शुक्रवार शाहको परिवारलाई मेसेज गरेर जानकारी गराएका थिए।

दुबइको रोयल गार्डका रुपमा कार्यरत शाह तीन महिनाअघि त्यहीबाट रुसी सेनामा भर्ना भएको उनका परिवारका सदस्य मंगल शाहले बताए। रुसी सेनाले भने शाहको परिवारलाई आधिकारिक रुपमा यसको जानकारी गराएको छैन।

शाहसँगै युक्रेनका बिरुद्ध रुसका तर्फबाट लडिरहेका कञ्चनपुरका युवाले आफू पनि युद्ध मैदानमा रहेको र फर्किने संभावना नरहेको पीडादायी मेसेज पठाएका छन्।

युद्ध लडिहरेकाहरुसँग मोवाइल र अन्य सञ्चारसुबिधा नरहेको र लडाइको मैदानबाट भाग्ने वा जोगिने संभावना नरहेको पनि कञ्चनपुरका युवाले युक्रेन र रुसको सीमाबाट मेसेज पठाएका छन्।

clock आइतबार ०१, पुष २०८० १४:००

प्रतिक्रिया