कञ्चनपुरका जंगलमा पासो थाप्ने सिकारी पक्राउ

  आइतबार ०१, पुष २०८० १०:५६

कञ्चनपुर । कञ्चनपुरमा जङ्गली जनावरलाई विद्युतीय पासोमा पारेर मार्ने एक जना पक्राउ परेका छन् ।

शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ मणिकाधाम टोलका ४० वर्षीय सुवास धामी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

धामीलाई विद्युतीय पासो थाप्न प्रयोग गरिएको तीन सय मिटर तारसहित प्रहरीले पक्राउ गरिएको हो ।

पक्राउ परेका धामीमाथि अनुसन्धानको कार्य भइरहेको छ ।

clock आइतबार ०१, पुष २०८० १०:५६

प्रतिक्रिया