डडेल्धुराको बागबजारस्थित तीन पसलमा आगलागी

  आइतबार ०१, पुष २०८० ०६:१९

डडेल्धुरा । डडेल्धुराको बागबजारस्थित तीन पसलमा आगलागी भएको छ। शनिवार राति बागबजारस्थित शुलभ फेन्सी, कैलपाल मेडिकल र शिशिर फेन्सीमा आगलागी भएको हो।

पसलमा लागेको आगो अमरगढी नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयको प्रयासमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। आगलागीको कारण तथा क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

clock आइतबार ०१, पुष २०८० ०६:१९

प्रतिक्रिया